महालेखा प्रतिवेदनले भन्यो : सिसिटिभीमा १६ करोड राजस्व ठगी

काठमाडौँ । सिसिटीटिभी मनिटर कम्प्युटरको नाममा भित्रिदा एक वर्षमा १६ करोड १६ लाख ६१ हजार राजस्व गुमेको छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनले भन्सार दर बढी रहेका सिसिटिभी मनिटर सबै कम्प्युटरको नाममा भित्रिएको भन्दै राजस्व गुमेको देखाएको हो ।
४६ करोड ९२ लाख हजार मूल्य बराबरका १९ इञ्च वा सोभन्दा कम आकारका ७३ हजार २६ थान मनिटर भित्रिएकोमा त्यसको १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र असुल गरी जाँचपास गरेको प्रतिवेदनले जनाएको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ४ हजार थान सिसिटिभी क्यामेरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, तातोपानीलगायतका भन्सार कार्यालयबाट गत वर्ष १३ करोड २१ लाख १० हजार रुपैयाँका ६७ हजार ९ सय ४ थान क्यामेरा पैठारी भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यस हिसाबले आयातित मनिटर सिसिटिभीमा समेत प्रयोग हुने देखिन्छ । तर, भन्सारको तथ्यांक परीक्षणका क्रममा भने कुनै मनिटर उक्त प्रयोजनका लागि पैठारी भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
कम्प्युटरबाहेकको प्रयोजनमा प्रयोग हुने मनिटरलाई भन्सार दरबन्दीबाट जाँचपास गरी ३० प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धि कर असुल गर्नु पर्नेमा फरक भन्सार दरबन्दीबाट जाँचपास गरेका कारण १६ करोड १६ लाख ६१ हजार रुपैयाँ राजस्व गुमेको हो ।
















किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया