एमाले दशौं महाधिवेशन मंसिरमा

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन मंसिरमा हुने भएको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।
माधव नेपाल छाडेर एमालेमा आएका स्थायी कमिटी सदस्य र पूर्व माओवादी केन्द्रका नेतासहितको बैठकले दशौं महाधिवेशनको मिति तोकेको हो । ९ औं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिदै आएका तर नेपालले नयाँ दल दर्ता गर्दा साथ छाडेका नेताहरुको सहमतिमा नै महाधिवेशनको मिति तोकेको हो ।
यस्तै विधान महाधिवेशन पनि सरेको छ । अब विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ । एमाले अब पूर्णरपमा २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया