प्रहरीको ‘प्रि–स्याट’ परीक्षा १७ भदौमा

काठमाडौं । चोरीको पुष्टि भएपछि रद्ध भएको राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) भदौ १७ गते हुने भएको छ । १७ भदौमा सातवटै प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा एकै समयमा सञ्चालन हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।
यसअघि साउन १५ र १६ गते लिएको परीक्षामा प्रश्नपत्र लिक भएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको थियो । प्रश्नपत्र लिक’ भएपछि उक्त विषयमा छानबिनका लागि प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालयमा कार्यरत डीआईजी बसन्तकुमार लामाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो ।
बसन्त लामा नेतृत्वको छानबिन समितिले प्रश्नपत्र चोरी भएको पुष्टि गर्दै परिक्षा रद्ध गर्न सिफारिस गरेको थियो । साथै उक्त समितिले प्रश्नपत्र लिक भएको पुष्टि गर्दै लिक प्रकरणमा जोडिएका युएन शाखामा कार्यरत तीन जना प्रहरी नायब निरीक्षक जनकबहादुर थापा, कार्यालय सहयोगी सुरेश बमला र प्रहरीको साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई जागिरबाट हटाउन सिफारिस गरेको थियो । भने ११ जना प्रहरीलाई कसुर अनुसारको कारबाहीको सिफारिस समितिले गरेको थियो ।
११ जनामध्ये युएन शाखाकै प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा, परीक्षा सञ्चालको जिम्मा पाएका अर्का एसपी बेद विष्ट र प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई प्रश्नपत्रको सुरक्षा गर्न नसकेको कसुर तथा अन्य आठ जना प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया