ललितपुरबाट ईपीएल खेल्दै इंग्ल्यान्डका एलेक्स

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी – ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डका क्रिकेटर एलेक्स ब्लाके खेल्ने भएका छन् । ललितपुरले बुधबार एक विज्ञप्ति निकाल्दै एलेक्सलाई साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने जनाएको छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म राष्ट्रिय स्तरका चर्चित र चर्चित विदेशी खेलाडी टियुको क्रिकेट मैदानमा खेल्ने भएका हुन् ।
उनले अगस्ट २०१४ मा भारत बिरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए भने २०१५ को डिसेम्बरमा दक्षिण अफ्रिका बिरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन् ।
पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, अफगानिस्तानका मोहम्मद शहजाद लगायतका खेलाडीले प्रतियोगिता खेल्ने पक्का भैसकेको छ ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया