सोमबार, पुष १४, २०८२

अवैध पेस्तोल सहित २ जना पक्राउ

मेरोन्यूज २०७८ भदौ १० गते १७:२६

काठमडौं । लागुऔषध अभियोगमा फरार प्रतिबादी पैसतोल र गोली सहित पक्राउ परेका छन् ।

सर्लाही जिल्लाको बागमती नगरपालीका स्थित गाजलीचोकबाट पेस्तोलसँगै त्यसमा लाग्ने तीन थान गोली सहित २ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले बजारमा चेकजाँचका क्रममा पेस्तोलसहित बागमती नगरपालिका–८ गाजलीचोकका तारा बहादुर तामाङ र बरहथवा नगरपालिका–५ का अकबर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तारा बहादुर तामाङ लागूऔषध मुद्दाका समेत फरार प्रतिवादी हुन् ।

प्रहरीका अनुसार बीआर ३० जे ३०८० नम्बरको भारतीय मोटरसाइकमा बायाँतर्फको लेगगार्डमा झोलामा झुण्याएर राखेको अवस्थामा उनीहरूको साथबाट पेस्तोल बरामद गरिएको हो ।

पक्राउ परेकामाथि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया