साउनमा दैनिक १२६ आपराधिक घटना

काठमाडौं । चालू आवको साउनमा मलुकभर तीन हजार ९१६ अपराधका घटना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ८९१, ज्यानसम्बन्धीका ७१८, आत्महत्याका ५०२, चोरीका २९६, सङ्गठित/आर्थिक अपराधका ५४४, महिला बालबालिका विरुद्ध ४६६, सवारीसम्बन्धी १३२ मुद्दा दर्ता भएको छ । एक महिनाको प्राप्त तथ्यांअनुसार दैनिक १२६ आपराधिक घटना भएको छ ।
यसैगरी हातहतियार तथा खरखजानासम्बन्धी २५, बाल यौन दुराचारका २५, अपहरण वा शरीर बन्धकका १४, मानव बेचबिखन तथा ओसारपसारका १७ मुद्दा दर्ता भएको जनाइएको छ । गत साउन महिनामा दर्ता भएका कूल तीन हजार ९१६ आपराधिक घटनामा ४ हजार ९०२ अभियुक्त संलग्न रहेका छन् । अपराधमा संलग्नमध्ये तीन हजार ७१६ पक्राउ परेका छन् । एक हजार १८६ फरार छन् । एक महिनामा अदालतबाट सजाय तोकिएका एक हजार ११९ फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट जरिवानाबापत ११ करोड ३० लाख ४९ हजार असुल भएको छ । एक महिनामा कूल ३६ करोड ४७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
एक महिनामा एक हजार ८१८ सवारी दुर्घटनामा १६० को मृत्यु भएको छ भने ५४० गम्भीर घाइते भएका छन् । औसतमा प्रतिदिन ५८ सवारी दुर्घटना भएको तथ्यांले देखाएको छ ।
एक महिनामा कूल ३६१ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ५५६ मानिस पक्राउ परेका छन भने ३३५ किलो गाँजा र १९ किलो चरेश बरामद भएको छ । ५८ हतियार, ९७ राउण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित ३९ जना पक्राउ परेका छन् । साउन महिनामा ४३९ विपद्का घटनामा २३ ले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । प्रहरी कर्मचारी विरुद्ध ४८ वटा उजुरी दर्ता भएकोमा १३ उजुरी फछ्र्यौट भएका छन् । कूल २०२ प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका प्रहरीले जनाएको छ ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया