संवैधानिक इजलासबाट अलग बस्न प्रधानन्यायाधीशले गरे अस्वीकार
मेरोन्यूज
२०७८ भदौ ११ गते १३:४३

काठमाडौँ । संवैधानिक परिषदसम्बन्धि अध्यादेश र त्यसैसँग सम्बन्धित रही भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले अस्वीकार गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर २०७७ मा अध्यादेश ल्याई त्यसका आधारमा गरेको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ ।
संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न रही अध्यादेश संविधानसम्मत रहेको भन्दै लिखित जवाफ पेश गरेकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति प्रकृतिक न्यायको सिद्धान्तविपरीत हुने धेरैको तर्क थियो ।
तर, प्रधानन्यायाधीश जबराले आफूलाई संवैधानिक इजलासबाट अलग गर्न चाहेका छैनन् । उनले चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने जानकारी गराइसकेका छन् ।
सम्बन्धित









आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया