जसले बुवा आमाको सम्झनामा दुई जिल्ला जोड्ने पुल बनाए

काठमाडौँ । नुवाकोट जिल्लाका तारेकेश्वर गाउँपालिका निवासी जनक ढुंगानाले आफ्नो मृत बुवा आमाको सम्झनामा पुल बनाएका छन् । उनले दुई जिल्लालाई जोड्ने पुल बनाएका हुन् ।
ढुंगानाले धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिका ५ मा आफ्नो मृतक बुवा आमाको सम्झनामा धादिङ र नुवाकोट जिल्ला जोड्ने पुल बनाएका हुन् । नीलकण्ठ नगरपालिकास्थित फ्याक्से खोला र खानी खोलाको संगमस्थलका रुपमा रहेको त्यो खोलामा आवत जावत गर्न कुनै स्रोत साधन नभएको स्थानीयहरूले सास्ती भोग्दै आएकाले पुल निमार्ण गरेको उनले मेरोन्युजलाई जानकारी दिए ।
देउराली छामे, जोगी डाँडा, जामुने, गैरी वर्र्षालगायतका क्षेत्रका मानिसहरूलाई नुवकोटको क्युरिनी निस्कने आधार बनेको उक्त पुलको सहायताले धेरै सहज भएको स्थानीयले बताएका छन् ।

दैनिक उपभोग्य वस्तु आयात र निर्यात गर्न सोही बाटो प्रयोग गर्न पाउँदा स्थानीयहरू हर्षित भएका छन् । जोगी डाँडा निवासी एक स्थानीयले भने, ‘यो पुल निमार्ण हुनुपूर्व धेरै लामो बाटा उपभोग्य वस्तु आयात निर्यातमा जानु पर्ने हुन्थ्यो, सास्ती भोग्नु परेको थियो, तर यो पुल निमार्ण भएपछि सहज भएको छ ।’
‘मानिसहरुले दैनिक रुपमा भोग्नु परेको सास्ती देखेपछि मैले सोही ठाउँमा आधार बनाएर आफ्नो स्वर्गीय बुवा आमाको सम्झनामा पुल निमार्ण गरेको हुँ,’ पुल निर्माणकर्ता ढुंगानाले भने ।
उक्त पुल निमार्णका ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ खर्च गरेको उनले बताए । शिक्षण पेसा गर्दै आएका उनी २०७४ सालदेखि अवकास जीवन बिताइरहेका छन् ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया