सोमबार, फागुन ४, २०८२

हामी तमसुक हेरेर बसियो, ओलीले प्रधानमन्त्री लगेको लग्यै गरे : प्रचण्ड

ओलीसँग पार्टी एकता गरेपछि मैले ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अव काग्रेसलाई, माधव नेपाललाई, सवैलाई काम लाग्छ

मेरोन्यूज २०७८ भदौ १२ गते १६:४८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन जसरी पनि जोगाउनु पर्ने बताएका छन् । पार्टीको साहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को ‘हाइटेक’ राष्ट्रिय भेलालाई सम्वोधन गदै उनले गठबन्धन जोगाउनु पर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रचण्डले आफनो पार्टी माओवादीलाई बलियो बनाउने र संगठित गर्ने योजना सगै गठबन्धनलाई पनि बचाउनु पर्ने आवश्यकता रहेको बताएका हुन् ।

‘आफनो पार्टीलाई संगठित गर्ने र वलियो बनाउने त छदैछ । तर राष्टियताको पक्षमा, स्वतन्त्रताको पक्षमा रहेकाहरु जहा–जाहा मिलेका छौं, प्रतिक्रियावादीलाई हराएका छौं, त्यसकारण पनि गठबन्धन जोगाउनुछ,’ प्रचण्डले भने,–‘आजको दिनमा अझै पनि चुनौति सकिएको छ भन्ने छैन । प्रतिक्रियावादीहरुले यो गठबन्धनलाई कमजोर बनाउने, भत्काउने र पूरातनपन्थीतिर लैजाने जोखिम उत्तिकै छ ।’

३ वर्षसम्म आफुहरु ओली प्रवृतिसँग लडेर आएको भन्दै तीन वर्ष लड्नका लागि हैरानी परेको पनि वताए । केपी ओली प्रवृत्ति भनेको बोल्ने एउटा तर गर्ने भनेको अर्काे रहेको भन्दै प्रचण्डले ओलीले म भष्टाचार गर्दिन भन्नुको अर्थ नै भष्टाचारलाई ढाकछोप गछु भन्ने रहेको बताए ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उनले भने, ‘के को लागि भनेको छ भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ। लेवल एउटा रक्सी अर्कै राख्नुहुँदो रहेछ।’

मओवादी आन्दोलनले राजनीतिक आन्दोलन र परिवर्तन सस्थागत गर्न मुख्य भुमिका खेलेको भन्ने कुरा ओलीले पार्टी एकताको वेला स्वीकारेको पनि प्रचण्डले बताए ।

पार्टी एकता गर्दा गल्ती नभएको तर त्यसलाई ठगी धन्दामा ओलीले लगेकोले एकता जोगिन नसकेको प्रचण्डले वताए ।
आधा आधा कार्यकाल प्रधानमन्त्री भनेर सहमति गरेपनि ओलीले कुर्सी छोडनै नचाहेको प्रचण्डले बताए । ‘तमसुक हेरेर वसियो उनले प्रधानमन्त्री लगेको लग्गै गरे । ओलीको ठगी धन्दा रहेछ ।’ प्रचण्डले भने ।

उनले ओलीसाग एकता गरेर आफुलाई धेरैले के पायौं भनेर सोध्ने गरेको पनि वताए । प्रधानमन्त्री शेरवहादुर देउवाको निवास वुढानिलकन्ठमा गठवन्धनका नेताहरुले पनि केपी सँग मिलेर तपाईले के पाउनु भयो भनेर नेताहरुले सोधेको प्रसंग पनि सुनाउँदै प्रचण्डले भने,–‘ महिले भने ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अव काग्रेसलाई माधव नेपाललाई, सवैलाई प्राप्त हुन्छ भनेर भनेको थिए ।’

आफुहरु घयू जस्तीकै नरम र कोमल पनि रहेको तर आवश्यक परे कठोर हुन पनि जानेको प्रचण्डको भनाई थियो ।

प्रचण्डले एउटा जित भयो भनेर रिल्याक्समा वस्दा अर्काे वज्रपात आईलाग्दो रहेछ भन्दै नमात्तिकन चुनौतिको सामना गर्नुपर्ने वताए ।

‘ओलीले पहिलो संसद विघटन पछि अदालतले पूर्नस्थापना गरेपछि माधव कमरेडले र महिले लडडु खाइयो, लडडु को स्वाद गएको थिएन, दुई पार्टी भईहाल्यो , घन हाईआल्यो टाउकोमा,ड्याम्म घन हानको थाहै पाइएन’ प्रचण्डले भने ।

उनले प्रतिक्रान्तिलाई रोक्न सदैव चनाखो हुनुपर्ने वताए ।

आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’
युवाहरु तयार भएर परिवर्तनलाई सस्थागत गरेर अगाडी जाने गरी तयार भएमा आफु सस्मरण लेखेर बस्ने पनि वताए ।

प्रचण्डले अव समाजवादका लागि सेना बनेर लडनु पर्ने बताए ।

विचार र प्रवृति वुढो नहुने भन्दै प्रचण्डले प्रवृति र विचार वुढो नहुने वताए ।

प्रतिक्रिया