मंगलबार, पुष १५, २०८२

दार्चुला बाढी अपडेटः तीन जनाको मृत्यु, दुई बेपत्ता

मेरोन्यूज २०७८ भदौ १४ गते ११:४७

दार्चुला । दार्चुलाका बाढि र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । आइतबार राति आएको बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको प्रहरी प्रमुख मनोहर भट्टले बताए ।

यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो ।

यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशिले बताए ,उन्ले भने वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता छन ।

याे पनि : दार्चुलामा बाढीको बितन्डा : तिंकर सडकको पक्की पुल र घरहरु बगायो

दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।

अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् । बाटो घाटो नहुदा उद्दार कार्यमा ढिला भएको महाकाली नगर पालिकाका नगर प्रमुख हन्श राज भट्टले बताए,उन्ले भने अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया