नेपालसँग मैत्रिपूर्ण खेलका लागि भारतीय टोली नेपाल आईपुग्यो

काठमाडौँ । आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली नेपाल आईपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि सोमबार नेपाल आईपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न नेपाल आएको बताए ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रिपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया