सप्तकोशीमा पानीको बहाव उच्च, ३८ ढोका खुल्ला

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो ।
आज बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो ।
आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया