सुदूरपश्चिमका १० सांसद माधव नेपालको पार्टीमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।
सुदूरपश्चिम प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय धनगढीमा मंगलबार उपस्थित भएर १० सांसदले आफूहरु एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको स्पष्ट पारेका छन् । नेकपा एमालेको २५ जना प्रदेससभा सदस्य मध्ये मंगलबार १० जनाले समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले बताइन् । ।
हाल मन्त्री रहेकाहरु पूर्णा जोशी र लालबहादुर खड्का तथा राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँदसहित १० जना सदस्य नेपाल नेतृत्वको समाजवादीमा रहेको स्पष्ट गरेका छन् ।
यस्तै, एमाले प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी पनि नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएका छन् । आफ्ना पार्टीका अझै केही सदस्य उपस्थित हुन बाँकी रहेको कामीले बताइन् ।
निर्वाचन कार्यालयले आयोगको कार्यालयमै आएर सनाखत गर्न सांसदहरुलाई भनेको थियो । नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समयसीमा तोकेको छ ।
यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा देखिएका थिए ।
बुधबार अरु तीन जना सांसदले पनि एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्य अमर बहादुर साउदले बताए । उनले एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या थपिने पनि बताए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया