सुदूरपश्चिमका १० सांसद माधव नेपालको पार्टीमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।
सुदूरपश्चिम प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय धनगढीमा मंगलबार उपस्थित भएर १० सांसदले आफूहरु एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको स्पष्ट पारेका छन् । नेकपा एमालेको २५ जना प्रदेससभा सदस्य मध्ये मंगलबार १० जनाले समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले बताइन् । ।
हाल मन्त्री रहेकाहरु पूर्णा जोशी र लालबहादुर खड्का तथा राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँदसहित १० जना सदस्य नेपाल नेतृत्वको समाजवादीमा रहेको स्पष्ट गरेका छन् ।
यस्तै, एमाले प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी पनि नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएका छन् । आफ्ना पार्टीका अझै केही सदस्य उपस्थित हुन बाँकी रहेको कामीले बताइन् ।
निर्वाचन कार्यालयले आयोगको कार्यालयमै आएर सनाखत गर्न सांसदहरुलाई भनेको थियो । नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समयसीमा तोकेको छ ।
यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा देखिएका थिए ।
बुधबार अरु तीन जना सांसदले पनि एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्य अमर बहादुर साउदले बताए । उनले एकीकृत समाजवादीमा सनाखत गर्नेको संख्या थपिने पनि बताए ।
















Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया