कविता
म गणना भइन !
कृष्ण प्रसाद भुषाल
२०७८ भदौ १५ गते २०:२६

कोरोना आयो,
सबैतिर महामारी छायो
न त पिसिआर जचाँए
त्यसैले म गणना भईन
मध्यम वर्गिय परियो
कतै राहत लिन गईन
कसैले तस्बिर खिचेन
त्यसैले म गणना भईन
कर्मचारी हुन्थे त
भ्रमण भत्ता बाँड्दा गनिन्थे होला
कार्यकर्ता हुन्थे त
योजना बाडफाड र नियुक्तिमा
गनिन्थे होला
मध्यम वर्गिय जनता म
त्यसैले म गणना भईन
सरकार पिसीआर पोजेटिभ र
मृत्यु संख्या गणना गर्दैमा व्यस्त
न त पिसिआर पोजेटिभ
न त मृत्यु
त्यसैले म गणना भईन
२०६८ सालको जनगणनामा गनिएको म
त्यसपछि सरकारले
मेरो भोट गन्यो
आफ्नो पक्षका सांसद गन्यो
बहुमत र अल्पमतको संख्या गन्यो
सत्ता टिकाउने दिन गन्यो
तर मध्यम वर्गिय जनता
म !
कहिल्यै गणना भईन ।।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया