छात्रालाई तालिवानको धम्की- बलात्कार गरेर हत्या गर्छौं

काठमाडौँ । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै पूरै देश तालिवानको कब्जामा पुगेको छ । राजधानीसहित काबुल एयरपोर्टसमेत तालिवानले कब्जा गरेको छ ।
गत २० वर्षदेखि अमेरिकाको कब्जामा रहेको अफगानिस्तानले शैक्षिक व्यवस्थामा केही सुधार गर्ने कोशिश हुँदै गर्दा पुनः धरापमा परेको छ । राजधानी काबुलमा अमेरिकी विश्वविद्यालयको समेत स्थापना भएको थियो । जसमा पश्चिमी देशको शैलीमा शिक्षा दिँदै आएको थियो ।
अफगानिस्तानका छात्रा तथा छात्रको उच्च उपस्थिति रहेको थियो । तर, अमेरिकी सेना फिर्ता भएसँगै छात्राहरूको जीवन खतराको बिन्दुमा पुगेको छ । बिबिसीका एक पत्रकारले आफ्नो सामाजिक सञ्जालत ट्विटरमार्फत तालिवानले अमेरिकी विश्वविद्यालयमा अध्यायनरत छात्रालाई बलात्कार गरी मार्ने धम्की दिएको बताएका छन् ।
‘काबुलमा अमेरिकी विश्वविद्यालयका छात्राले भनेका छन्, कि तालिवानले आफूहरूलाई बलात्कार गरी मार्ने धम्की दिएका छन्,’ बिबिसीका पत्रकारले लेखेका छन्, ‘एक छात्राले मलाई म्यासेज गरेकी थिइन्, जसमा लेखिएको थियो- तिमीहरू अमेरिकी विश्वविद्यालयमा पढ्ने रहेछौ, थोरै पर्खनुहोस् हामी तपाईसँग सम्झौता गर्ने छौँ ।’
ती पत्रकारले भनेका छन्, ‘अर्का छात्राले म्यासेज गर्दै तालिवानले आफूहरूलाई बलात्कार गरी हत्या गर्ने धम्की दिएका छन् ।’ एजेन्सी










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया