दुई परिवारबीच झगडा हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १६ गते १२:४६
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिका १ मा दुई परिवारबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडामा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्थानीय यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रीदेवले बाटोमा भैँसीको मल राखेको विषयमा झगडा भएको थियो ।
झगडामा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा भाल्सैरदेवीको मृत्यु भएको हो । आरोपी दुवै जना फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
सम्बन्धित









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया