आइतबार, मंसिर २८, २०८२

प्रधानसेनापति शर्मालाई नियुक्ति पत्र प्रदान

मेरोन्यूज २०७८ भदौ १६ गते १३:५८

काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति रथी प्रभुराम शर्माले नियुक्ति पत्र बुझेका छन् । रक्षा मन्त्रालयमा आयोजित एक समारोहका बीच उनले रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालमार्फत नियुक्ति पत्र बुझेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २४ भदौमा शर्मालाई सेनापतिमा नियुक्त गरेकी थिइन् । नियुक्ति पत्र प्रदान गर्दै रक्षा सचिव पौड्यालले शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।

वर्तमान सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेदेखि अवकाश पाउँदै छन् । अवकाश हुनुपहिले एक महिना बिदा बस्ने प्रचलन रही आएकाले उनी हाल बिदामा रहेका छन् ।

प्रतिक्रिया