म्याग्दीका शर्मा विश्व ‘ब्लाइन्ड आइडल’

बेनी । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित भएका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पार्न सफल भएका हुन् ।
विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिष्पर्धामा नेपालबाट नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत रहनुभएका शर्माले आवेदनमार्फत मनोनयनको छनोटमा परेका थिए । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोषित भएको आज आयोजक संस्थाकोतर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।
सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डलगायत देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार २७१ भोट प्राप्त गरेका थिए ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन इमेलमार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनका क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए ।
आफू दृष्टिविहीन भए पनि २०५६ सालदेखि नेपाल नेत्रहीन सङ्घका बाग्लुङ, इलाम र कास्की शाखा र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन् ।
शर्माले कास्की नेत्रहीन संघमार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सूचना प्रविधि तालिम, नेत्रहीन संघद्वारा अगाडि बढाइएका विभिन्न अभियानमा नेतृत्वदायी भूमिकामा क्रियाशील हुँदै आएका छन् । शर्मा हाल अपांग महासंघ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन संघको उपाध्यक्षसमेत हुन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया