म्याग्दीका शर्मा विश्व ‘ब्लाइन्ड आइडल’

बेनी । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित भएका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पार्न सफल भएका हुन् ।
विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिष्पर्धामा नेपालबाट नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत रहनुभएका शर्माले आवेदनमार्फत मनोनयनको छनोटमा परेका थिए । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोषित भएको आज आयोजक संस्थाकोतर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।
सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डलगायत देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार २७१ भोट प्राप्त गरेका थिए ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन इमेलमार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनका क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए ।
आफू दृष्टिविहीन भए पनि २०५६ सालदेखि नेपाल नेत्रहीन सङ्घका बाग्लुङ, इलाम र कास्की शाखा र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन् ।
शर्माले कास्की नेत्रहीन संघमार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सूचना प्रविधि तालिम, नेत्रहीन संघद्वारा अगाडि बढाइएका विभिन्न अभियानमा नेतृत्वदायी भूमिकामा क्रियाशील हुँदै आएका छन् । शर्मा हाल अपांग महासंघ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन संघको उपाध्यक्षसमेत हुन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया