बुधबार, वैशाख १७, २०८२

कांग्रेस सहमहामन्त्री सुनिलबहादुर थापाको बदमासी: सरकारी सामग्रीमा पार्टीको चिह्न !

दया दुदराज २०७८ भदौ १७ गते १६:०६

सुनिलबहादुर थापा ! पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसमा सहमहामन्त्री, जसले सत्ताको दुरुपयोग गर्दै सरकारले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री पार्टीकरण गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)बाट नेपाली कांग्रेसमा प्रवेश गरेका थापाले सरकारले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा पार्टीको चुनाव चिह्न टाँसेर वितरण गर्न लागेका हुन् ।

आफ्नो पार्टीको लेटरप्याडमा स्वास्थ्य सामग्रीको माग गरेको र सरकारले निःशुल्क रुपमा प्रदान गरेको स्वास्थ्य सामग्रीमा पार्टीको चुनाव चिह्न टाँसेर उनले वितरण गर्न लागेका हुन् ।

उनलाई स्वास्थ्य सामाग्री स्वास्थ्यष् मन्त्रालयले उपलब्ध गराएको हो । मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमा सत्ताको दुरुपयोग गरेर पार्टीको चुनाव चिन्हसहित प्रचार गरेकोमा नेकपा (एमाले) धनकुटाले विरोध जनाएको छ ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राईले थापाले गृह जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, अक्सिजन सिलिण्डर, सर्जिकल मास्क, अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर लगायत सामग्री वितरणको तयारी गरेको बताएका छन् ।

उनले राज्यले उपलब्ध गराएको सामाग्रीमा पार्टीको चुनाव चिन्ह प्रयोग गरेर दुरुपयोग गरेको भन्दै ति सामाग्री प्रशासनले जफत गर्नुपर्ने माग गरेका छन् । प्रशासनले सामान जफत गरेर जिल्लास्तरीय कोभिड नियन्त्रण समितिमार्फत वितरण गरिनुपर्ने राईले बताएका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपा (एमाले)का धनकुटा जिल्ला अध्यक्ष राई

‘सरकारी सामान कुनै एउटा पार्टीको चुनाव चिह्न टाँसेर वितरण गर्न खोज्नु गलत हो । उक्त सामानको विषयमा प्रशासनले छानबिन गरेर कारबाही गर्नुपर्छ र सामान जफत नभए हामी आफैं जफत गरेर वितरण गर्ने छौं,’ एमाले अध्यक्ष राईले भने ।

उता पूर्वमन्त्री थापाले प्रतिष्ठानको सामानमा राजनीति नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले उक्त सामानमा नेपाल सरकारको एक पैसा पनि नपरेको, दाताहरुले प्रतिष्ठानमा जम्मा गरेको दाबी गरेका छन् । ‘मैले सरकारी सामान प्रतिष्ठानको नाम लिएर किन बाड्नुप¥यो भन्नुस् त ?’ थापाले प्रश्न गर्दै भने‚ ‘सरकारी सामान सरकारले सम्बन्धित जिल्लामा पु¥याउँदैन र ?’

थापाले सामान नितान्त सूर्यबहादुर थापा प्रतिष्ठानको भएको र प्रतिष्ठानले नेपाली कांग्रेस धनकुटालाई हस्तान्तरणको तयारी गरेको बताए । प्रशासनले जफत गर्नुपर्ने माग छ त आन्दोलनरत पक्षको भन्ने प्रश्नमा उनले संविधान कानुनअनुसार निजी सामान प्रशासनले जफत गर्न नमिल्ने बताए । उनले हिम्मत हुनेले आफैं सामान खरिद गरेर वितरण गरे आफ्नो सहयोग रहने बताए ।

थापाले सामान सूर्यवहादुर प्रतिष्ठानको भएको र राज्यको त्यसमा कुनै लगानी नभएको जिकिर गरिरहेपनि प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपा एमालेका धनकुटा जिल्ला अध्यक्ष राईले भने सामाग्री राज्यकोषवाटै सहयोग स्वरुप आएको दावी गरिरहेका छन् ।

सरकारी समग्रीमा कुनै पनि पार्टीको हस्तक्ष्ोप हन नहुने एमालेको भनाई छ । थापाले २०८७ साउन २७ गते स्वास्थ्य सेवा विभागसँग स्वास्थ्य सामग्रीको माग गरेका थिए ।

यद्यपी उनले भने कांग्रेसको सहयोगमा जिल्ला पु¥याएकोे र सुर्य बहादुर थापा प्रतिष्ठानले वितरण गर्न लागिएको बताएका छन् ।

तर थापाले त्यस्तो जिकिर गरेपनि उनले ती स्वास्थ्य सामाग्री भने स्वास्थ्य मन्त्रालयवाटै लिएको पुष्टि हुने कागजात मेरोन्यूजले फेला पारेको छ ।

हेर्नुहोस पत्र

थापाले भदौ १० गते स्वास्थ्य सामग्री वितरण गर्ने बताइएको थियो । यद्यपी नेकपा (एमाले)को विरोधका कारण अझै वितरण हुन सकेको छैन । सामग्री भण्डारमा थन्किएरै बसेको नेकपा एमालेका जिल्ला अध्यक्ष राईले बताए ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया