प्रदेश २ मा माधव नेपाल नेतृत्व नेकपा एसको बहुमत

काठमाडौँ । प्रदेशसभा २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका छन् ।
जसमा दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो संख्या ११ पुगेको हो ।
सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव रहेका छन् ।
सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेको हो ।
नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्र) एसमै आएर सनाखत गर्ने गर्ने जिकिर गरे पनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुवै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया