यार्सागुम्बाको अवैध कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौँ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने ४ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले बिहीबार सामाखुशीबाट ४ जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले सामाखुशीबाट गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका ३ घर भई हाल काठमाडौँको मित्र नगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा घर भई काठमडौंको नयाँ बसपार्क बस्दै आएका ५० वर्षीय बेल बहादुर थापा, लमजुङ जिल्लाको बेशीसहर नगपालिका ११ चिती घर भई हाल काठमाडौंको बाँनियाटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठान जिल्लाका खलंगा नगरपालिका ११ गजुरी घर भई हाल काठमाडौंको तारकेश्वर बस्दै आएका ४७ वर्षीय दान बहादुर जि.सीलाई पक्राउ गरेको हो ।
डुण्डुप गुरुङले बिक्री गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित उनीहरूलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बरामद गरेको यार्सागुम्बाको मूल्य अन्दाजी ८ लाख रुपैयाँ पर्छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि शुक्रबार वन डिभिजन कार्यालय काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

















इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया