नेपालगञ्ज एयरपोर्टबाट चार किलो सुनसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ भदौ १९ गते १०:४९

काठमाडौं । बाँकेस्थित नेपालगञ्ज एयरपोर्टबाट ४ किलो सुन सहित २ जना पक्राउ परेका छन् । काठमाडौंबाट नेपालगञ्ज गएका झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ वर्षीय बुद्धिमान खातीलाई प्रहरीले विमानस्थलबाट सुनसहित पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो श्री एयरबाट नेपालगञ्ज विमानस्थल उत्रिएका उनीहरुलाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसुधन न्यौपानेले मेरोन्यूजलाई जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार उनीहरूले आफूले लगाएको जुत्ताको दायाँ–बायाँ तलुवा र झोलामा सुन लुकाएर लगेको भेटिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग पठाईएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया