गृहमन्त्री पुगे हेलम्बु र मेलम्चीको बाढी प्रभावित क्षेत्र

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो ।
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिए । साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाबाको बारेमा जानकारी लिएको थियो ।
गृहमन्त्रीसहितको टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।









एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया