भारतमा झण्डै ६८ करोडले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौँ । भारतमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्ध करिब ६८ करोडले खोप लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् ।
तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको सरकारी अधिकारीले जनाएको छ । खोप लगाएकामध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन् । सक्रिय संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।
दैनिक नयाँ संक्रमितको संख्याभन्दा दैनिक संक्रमण मुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमित बढेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ संक्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै संक्रमण मुक्त भएका छन् ।















शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया