भारतमा झण्डै ६८ करोडले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौँ । भारतमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्ध करिब ६८ करोडले खोप लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् ।
तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको सरकारी अधिकारीले जनाएको छ । खोप लगाएकामध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन् । सक्रिय संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।
दैनिक नयाँ संक्रमितको संख्याभन्दा दैनिक संक्रमण मुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमित बढेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ संक्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै संक्रमण मुक्त भएका छन् ।










जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया