आइतबार, फागुन २४, २०८२

उपेक्षामा बझाङको कुयापानी र कुशापानी गाउँ

मेरोन्यूज २०७८ भदौ २० गते ७:३२

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे ।

सदरमुकाम चैनपुरबाट नजिकै भएपनि वर्षौंदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु बजारसम्म पुर्‍याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताए ।

ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत र सडकको सुविधा समेत छैन ।

उनले भने, “स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युतका लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन ।”

उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएको, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिइन् ।

उनले भनिन्, “छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ ।” हाल पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन् ।

प्रतिक्रिया