नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज
कमीकमजोरी सुधार्दै मैदान उत्रने दुबै पक्षको तयारी

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका छ।
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १/१ गोलको बराबरीमा सकिएको थियो ।
घरेलु दर्शकसामु गत बिहिबार भएको पहिलो मैत्रीपू्र्ण खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १/१ गोलको बराबरीमा ल्याएका थिए।
पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका छन्।
नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।
नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । त्यसपछि नेपालले भारतलाई हराउन सकेको छैन।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया