डेढ महिनादेखि प्रमुखविहीन बन्दै कृषि ज्ञान केन्द्र
काठमाडौँ । कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो ।
प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए । यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौँ आएका हुन् ।
उनले आफू दुई महिना लामो तालिममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी दिए । कार्यालय प्रमुखसहित विभिन्न पदका कर्मचारी नहुँदा विभिन्न सेवाबाट बञ्चित हुँदा किसान निराश बन्न थालेका छन् । कृषि क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ हेर्दै समस्याका समाधान गर्नु पर्ने यहाँका किसानको भनाइ छ ।









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया