स्वास्थ्यमा सर्वव्यापी पहुँच स्थापित गरौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मानवताको रक्षाका लागि खोप, औषधि र प्रविधिमा समान पहुँचको सुनिश्चिता गर्नुे पर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसियाको क्षेत्रीय बैठकको ७४ औँ सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘स्वास्थ्य समाग्रीमा पहुँच नपुग्नेसम्म पहुँच स्थापित गर्नु सबैको प्रथामिकता हुनु पर्ने’ बताएका छन् ।
भर्चुअल रुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले कोरोना भाइरस (कोभिड–१९) महामारीले मानिसको जीवन, समाज र अर्थतन्त्रमा भारी असर पुर्याएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक टेड्रोसले भने, ‘महामारीको प्रभाव देशअनुसार फरक फरक रहेको छ, हामीले यस प्रकारको महामारी आगामी दिनमा नआओस् भन्ने दिशामा सुनिश्चिता अपनाउनु पर्छ ।’
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै डब्ल्युएचओका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले कोभिड महामारीले हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो असर पुर्याएको बताइन् । ‘महामारीका कारण विश्व समुदायले बहु—आयामिक चुनौतीको समना गर्नु परेको छ भने यस क्रममा स्वास्थ्यकर्मीहरूले ठूलो जोखिम मोलेका छन्’, क्षेत्रीय निर्देशक डा खेत्रपालले भनिन् ।
सोमबारबाट शुरु भएको कार्यक्रम पाँच दिनसम्म चल्ने छ । यस क्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगति अनुगमन, विद्यालय स्वास्थ्य पुनरुत्थान र खोपका माध्यमबाट रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका विषयमा क्षेत्रीय कार्य ढाँचाका विषयमा छलफल हुनेछ । यस्तै, बैठकले यसअघि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थाको प्रगति विवरणका विषयमा पनि लेखाजोखा गर्ने कार्यक्रम रहेको छ ।
दक्षिण पूर्वी एसियामा रहेका ११ मुलुक, बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लेस्टे सम्मेलनमा सहभागी छन् । डब्ल्युएचओको क्षेत्रीय कार्यालय भारतको नयाँदिल्लीमा अवस्थित छ ।
यस बैठकलाई संयुक्त राष्ट्रसंघ महासभा बैठकको पूर्व तयारीका रुपमा लिने गरिन्छ । यो सम्मेलनसँगै आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली देशको क्षेत्रीय समितिको अध्यक्षका रुपमा नेपाल रहने छ ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया