सोमबार, पुष १४, २०८२

संखुवासभा हत्या प्रकरण : सीआइबीको टोली खाँदबारी, भेटियो ‘क्लू’

दया दुदराज २०७८ भदौ २२ गते १७:४७

काठमाडौँ । संखुवासभा मादी नगरपालिका १ उमलिङमा एकै परिवारका ६ जनाको सामुहिक हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी संखुवासभा पुगेको छ । सीआइबीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वमा एक जना प्रहरी निरीक्षक र एक सई संखुवासभा पुगेको हो ।

घटनास्थलमा पहिलेदेखि रहेको प्रहरीहरूले आर्थिक पाटोबाट अनुसन्धान थालनी गरेको छ । प्रहरीले गरिरहेको प्रारम्भिक अनुसन्धानले सो परिवारसँग भएको पैसा लुटपाट गर्न सामुहिक हत्या भएको हुन सक्ने देखाएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘तेजबहादुरको परिवारसँग कसैको व्यक्तिगत रिसिबी भएको देखिँदैन, सामुहिक हत्याका कारण आर्थिक हुन सक्ने आकंलन गरेका छौँ ।’

प्रहरीका अनुसार तेजबहादुर कार्की र उनका भाइ भुवनसिंह कार्की मिलेर झापामा जग्गा किन्ने तयारी गरेका थिए । त्यसका लागि केही बैना रकमसमेत बुझाएको अनुसन्धानबाट खुल्न आएको छ ।

जग्गा किन्नका लागि तेजबहादुरका छोराहरू नरेश र रमेशले पैसा पठाएको सुराकी पाएसँगै लुटेरा समुहले तेजबहादुर परिवारको हत्या गरेको हुन सक्ने आशंकासमेत प्रहरीको छ । तर, नरेश र रमेशले पैसा पठाएको वा घरमा पैसा रहेकोबारे केही खुल्न सकेको छैन ।

घटनास्थलमा ‘क्लू’ भेटियो

प्रहरीका अनुसार मृतक ६ जनाको टाउकोमा गम्भीर चोट लागेको देखिए पनि धारिलो हतियार प्रयोग भएको नदेखिएको डीएसपी सुवेदीको भनाई छ ।

प्रहरीले मंगलबार बिहान शवको मुचुल्का उठाएर पोस्टमार्टका लागि शवहरू धरान पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (डिएसपी) लालध्वज सुवेदीले मेरोन्युजलाई जानकारी दिए ।

‘घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञको टोली परिचालन गरेपछि अनुसन्धानमा केही प्रगती भएको छ, चाँडै हत्यारासम्म पुग्ने आशा गरेका छौँ,’ उनले भने, ‘घटनास्थलबाट केही ‘क्लू’ फेला परेका छौँ, के फेला पर्यो, त्यो भन्न मिल्दैन ।’

सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले तेजबहादुरकी आमा पावर्ती कार्की, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या गरेको हो ।
तेजबहादुरका ९० वर्षीय बुबा बौद्धमान कार्की भने घरमै सकुशल नै रहेका छन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया