एमसीसीबारे सत्ता गठबन्धन दलहरुबीच नै ध्रुवीकरण
शीर्ष नेताहरु खुलेर बोल्न सकेनन्, भातृ संगठनहरु आन्दोलनमा

काठमाडौं । अमरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा सत्ता गठबन्धनका दलहरुबीच नै ध्रुवीकरण देखिएको छ ।
सत्ता गठबन्धनका पाँचै दलहरु एमसीसी परियोजनाबारेमा एकमत देखिएका छैनन् । पाँच दलमध्येको एक राष्ट्रिय जनमोर्चाले देशब्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
गृहमन्त्रालयले एमसीसीविरुद्ध आन्दोलन नगर्न भन्दै विज्ञप्ति जारी गरेकै दिन जनमोर्चाले देशब्यापी सांकेतिक आन्दालनको घोषणा गरेको थियो ।
पाँच दलीय गठबन्धनका विद्यार्थी केही विद्यार्थी संगठनहरुले एमसीसीविरुद्ध आन्दोलन जारी राखेका छन् ।
गठबन्धनकै दलहरु माओवादी केन्द्र निकट विद्यार्थी संगठन, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र जनमोर्चा निकट विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी पयिोजना अगाडि बढाएमा कडा प्रतिवाद गर्ने र संघर्षलाई अगाडि बढाउने चेनावनी दिएका छन् ।
एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई लिएर सत्ता गठबन्धनमै फाटो आउने देखिएको छ । बुधबार नै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक डाकिएको छ । उक्त वैठकमा एमसीसीको एजेण्डा पेश भएमा सत्ता गठबन्धनमै विभाजन आउने सम्भावना बढेको छ ।
प्रचण्ड भन्छन्– अमेरिकाको स्पष्ट जवाफ आएन
एमसीसी परियोजनाकाबारेमा आम नागरिकले आशंका ब्यक्त गरिरहँदा अमेरिकाबाट स्पष्ट जवाफ नआएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रुपमा अभिब्यक्ति दिएका छन् ।
राजधानीमा सोमवार एक कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे प्रश्न उठाएका थिए । तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले भने एमसीसीकाबारेमा रक्षात्मक अभिब्यक्ति दिँदै आएका छन् । मुल नेतृत्वले भने यसबारेमा मुख खोलेको छैन ।
सत्ता गठबन्धन भित्रकै राजनीतिक दलका भातृ संगठनहरुले विरोधका श्वरहरु निकाले पनि जनमोर्चाबाहेकका राजनीतिक दलका शीर्ष नेतृत्वले खुलेर एमसीसीको विरोध गर्न भने सकिरहेका छैनन् । परियोजनाको विवादित विषयहरु सच्चाएर पास गर्ने भनी नेताहरुले बताउने गरेका छन् ।
साना २२ दल कडा संघर्षको तयारीमा
एमसीसी सम्झौताविरुद्धमा विभिन्न साना २२ दलले कडा संघर्षको तयारी गरेका छन् ।
सीपी गजुरेल नेतृत्वको २२ दलीय मोर्चाले एमसीसी पदाधिकारीको नेपाल भ्रमण खेदजनक भन्दै स्थगित गर्न माग गरेको छ । २२ दलले एमसीसीविरुद्ध कडा संघर्ष गर्ने तयारी गरिरहेको गजुरेलले बताए ।
२२ दलमा सत्ता गठबन्धनभित्रकै राष्ट्रिय जनमोर्चा पनि रहेको छ । उनीहरुले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रचञ्च भइरहेको भन्दै कडा प्रतिवादमा उत्रिन आह्वान गरिसकेका छन् ।
एमसीसीविरुद्ध विप्लव नेकपा सडकमा
सत्ता गठबन्धनकै दलहरुले एमसीसी परियोजनाबारे विभिन्न आशंका ब्यक्त गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबारदेखि देशब्यापी आन्दोलन घोषणा गरेको छ ।
बुधबारदेखि देशब्यापी आन्दोलन गर्ने जनाएको विप्लव नेतृत्वको नेकपाले भदौ २८ गते काठमाडौंमा विरोध कार्यक्रम गर्ने जनाएको छ । २८ गतेको काठमाडौंमा गरिने विरोध कार्यक्रममा विप्लव स्वयंले सम्बोधन गर्ने भएका छन् ।
पत्रकार संगठनहरु पनि एमसीसीको विरोधमा
राजनीतिक दलका भातृ संगठनहरु मात्र होइन, केही पेशागत संगठनहरुले पनि विरोधका श्वरहरु निकाल्न थालेका छन् ।
सत्ता गठबन्धन निकट तथा सरकारबाहिर रहेका पत्रकार संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी एमसीसीको विरोध गरेका छन् ।
जनमोर्चा सम्बद्ध प्रगतिशील पत्रकार संघ, मोहन वैद्य निकट क्रान्तिकारी पत्रकार महासंघ, विप्लव निकट जनपत्रकार संगठनसहित प्रेस सेन्टर, देशभक्त पत्रकार संघ र अखिल नेपाल पत्रकार युनियनले संयुक्त विज्ञप्तिमार्फत एमसीसी सम्झौता खारेजीका लागि आन्दोलित हुन आह्वान गरेका छन् ।
मंगलबार नै विभिन्न राजनीतिक दलसम्बद्ध किसान संगठनहरुले पनि संयुक्त विज्ञप्ति जारी गरी एमसीसीको विरोध गरेका छन् । केही गैरराजनीतिक दलहरुले पनि एमसीसीविरुद्ध सांकेतिक विरोध गरिरहेका छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया