एमाले छाडेर १,४१९ जनप्रतिनिधि एकीकृत समाजवादीमा, कुन जिल्लामा कति ?

काठमाडौँ । नेकपा एमाले छाडेर १ हजार ४१९ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा लागेका छन् । निर्वाचन आयोगले दिएको समय सिमा मंगलबारसम्म एमाले छाडेर देशभरका १ हजार ४१९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी दल रोजेको बताइएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार एकीकृत समाजवादी ८ जिल्लामा भने शुन्य देखिएको छ । सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धिको नयाँ अध्यादेश अनुसार आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने समय २१ दिनको दिएको थियो ।
उक्त समयसम्म १ हजार ४१९ जना स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको जनाइएको छ । माधव कुमार नेपालले एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न २ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले ९ भदौमा एकीकृत समाजवादीलाई नयाँ दलको मान्यता दिएको थियो ।
राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल २२ दिनभित्र रोजे पद अथावात रहने व्यवस्था गरेको छ । अब भने एमाले छाडेर एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिको पद रिक्त हुनेछ ।
झापा-७
इलाम-५८
पाँचथर-११
ताप्लेजुङ-२१
मोरङ-८
सुनसरी-६
धनकुटा-८
ते(हथुम-२
उदयपुर-२८
ओखलढुंगा-१
संखुवासभा-१५
खोटाङ-११
सोलुखुम्बु-०
००००
सप्तरी-२९
सिरहा-७१
सर्लाही-४८
महोत्तरी-७
धनुषा-४८
बारा-३२
पर्सा-५
रौतहट-८४
०००
मकवानपुर-३९
चितवन-२९
काठमाडौं-५१
ललितपुर-२८
भक्तपुर-१
काभ्रे-५६
सिन्धुपाल्चोक-२
दोलखा-६
रामेछाप-५
सिन्धुली-२
धादिङ-७५
नुवाकोट-०
रसुवा-०
०००
गोरखा-३
लमजुङ-०
मनाङ-०
मुस्ताङ-०
म्याग्दी-३
बाग्लुङ-४
पर्वत-२
स्याङ्जा-७
कास्की-४
तनहुँ-१३
नवलपुर(सुस्तापूर्व)-०
०००
परासी(सुस्तापश्चिम)-१
रूपन्देही-७
कपिलवस्तु-१
दाङ-२१
बाँके-११
बर्दिया-८
पाल्पा-१
गुल्मी-०
अर्घाखाँची-६
प्यूठान-७
रोल्पा-५
रूकुम पूर्व-५
०००
रूकुम पश्चिम-३
सल्यान-७६
जाजरकोट-१०
सुर्खेत-१५
दैलेख-६२
कालिकोट-६५
जुम्ला-४४
मुगु-२०
डोल्पा-४१
हुम्ला-५
०००
कैलाली-६५
कञ्चनपुर-५१
डोटी-३
अछाम-२७
बझाङ-२५
बाजुरा-५
डडेलधुरा-२
बैतडी-२३
दार्चुला-२
०००

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया