मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । उनले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शाक्य मुख्यमन्त्रीमा नियुक्त भएको २१ दिनपछि प्रदेश सरकारलाई पूर्णता दिन लागेकी हुन् ।
शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री भएलगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । तर २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गरी मन्त्रीबाट राजीनामा दिएका थिए । केशव राज पाण्डेले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।
अन्य मन्त्रालय मुख्यमन्त्री शाक्यले सम्हाल्दै आएकी छन् । आफूले सम्हाल्दै आएका मन्त्रालयमा उनले मन्त्री नियुक्त गर्न लागेकी हुन् । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ । शाक्यले मुख्यमन्त्रीबाट राजीनामा नदिएर प्रदेश सभामा विश्वासको मत लिने बताइएको छ ।
















दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रतिक्रिया