विहीबार नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेल अन्तर्गत विहीबार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । दुई मैत्रीपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको थियो ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।
छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ ।
एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ ।
नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हंङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
प्रतिक्रिया