स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:३६

काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँसहित राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको हो ।
आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया