सत्ता गठबन्धन दलको बैठक जारी : एमसीसीदेखि मन्त्री मण्डल विस्तारसम्म छलफल हुँदै

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । देशभर विवाद हुँदै आएको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्याक्ष फातिमा सुमारसहितको टोली नेपाल आएको समयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भएका छन् । यस्तै, बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसमेत सहभागी रहेका छन् ।
बैठकमा एमसीसीले पठाएको जवाफबारे छलफल भएको छ । अर्थ मन्त्रालयले पठाएका प्रश्नहरूको जवाफमा हस्ताक्षर गरेकी फातिले प्रधानमन्त्री देउवा, अर्थमन्त्री शर्मा, कानुनमन्त्री कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेतासहित मन्त्रीहरू बैठकमा बसेका हुन् ।
यस्तै, बैठकमा एमालेले बुधबार गरेको सदन अवरुद्धबारेमा समेत छलफल भएको बताइएको छ । यसैगरी मन्त्री मण्डल विस्तारबारेमा पनि छलफल हुने भएको छ ।
उता, ४ दिनको भ्रमण तथा भेट वार्ताका लागि आज बिहान काठमाडौँ आइपुगेकी फातिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेकी छन् । भेटमा ओलीसँग उनले एमसीसी सम्झौता पारित गराउने विषयमा केन्द्रीत रही सहयोगी भूमिकाको आश गरेको बताएकी थिइन् ।
















दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया