तालिवानको कब्जापछि अफगानी नागरिक पैसाको अभावमा

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतिफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एक मात्र रोजगार व्यक्ति हुन् । उनले घर खर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पतिसमेतको हेरचाह गर्नु पर्ने दायित्व छ ।
जब तालिवानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन र हाल भविष्यको चिन्तामा परेकी छन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनु पर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरूबाट समेत अलग हुनु पर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीय युवती जागिर छोड्न बाध्य भइन् ।
आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, ‘मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु ।’
काबुलको एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषहरूसँग काम नगर्न र महिलासँग मात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्यसपछि म जागिर छाड्न बाध्य भएँ ।’
अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिवानको अधिनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ, र रोजगारीका अवसरसमेत साँघुरिदै गएका छन् । जटिलता थपिदै गएका छन् ।
यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै भनेको छ । खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुकअगाडि बढेको छ ।
परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन् । अन्तर्राष्ट्रिय सहायता कटौती हुँदै छ । र, बाह्य सहयातामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् । महिलाहरू थप प्रताडित हुने अवस्थाको सृजना हुन सक्ने देखिन्छ । एजेन्सी
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया