नेपाल र पीएनजीबीचको एकदिवसीय खेल आज हुँदै
मेरोन्यूज
२०७८ भदौ २५ गते ७:२७

काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको एकदिवसीय अन्तर्राष्ट्रिय खेल आज हुदैछ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ ।
कोरोना महामारीका कारण डेढ वर्षसम्म उक्त खेल हुन सकेको थिएन । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिनररात हुनेछ ।
खेल नेपाली समय अनुसार बेलुका सवा ४ बजेदेखि सुरु हुनेछ । सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।
पीएनजीसँग अहिलेसम्म ५० ओभरको पाँच खेल खेलेको नेपालले तीन खेल पीएनजीले जितेको छ भने दुई खेल नेपालले जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया