नेपाल र पीएनजीबीचको एकदिवसीय खेल आज हुँदै
मेरोन्यूज
२०७८ भदौ २५ गते ७:२७

काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको एकदिवसीय अन्तर्राष्ट्रिय खेल आज हुदैछ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ ।
कोरोना महामारीका कारण डेढ वर्षसम्म उक्त खेल हुन सकेको थिएन । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिनररात हुनेछ ।
खेल नेपाली समय अनुसार बेलुका सवा ४ बजेदेखि सुरु हुनेछ । सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।
पीएनजीसँग अहिलेसम्म ५० ओभरको पाँच खेल खेलेको नेपालले तीन खेल पीएनजीले जितेको छ भने दुई खेल नेपालले जितेको छ ।
सम्बन्धित
















काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया