राजनीतिक दलमा सहमति गरेर एमसीसी अगाडि बढाउँछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाललाई कुनै दबाब दिन नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उनको धारणा थियो ।
उपाध्यक्ष सुमारको टोली बिहीबार काठमाडौँ आएको थियो । काठमाडौँ पुगेलगतै सुमारको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईसँग भेट गरेको थियो । आज बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेको टोलीले ४ बजे प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गर्ने छ ।
















दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया