एमालेको बिरोधकैबीच तीन अध्यादेश पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधकैबीच प्रनिधिनिसभाको बैठकबाट तीन अध्यादेश पारित भएको छ ।
बिरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाले अघि बढाएको दोस्रो बठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पेश गरेका थिए ।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको हो । बिरोधकैबीच पेश भएका तीन अध्यादेश प्रतिनिधिसभामा बहुमतले पारित गरिएको छ ।
अर्थमन्त्री शर्माले पेश गरेका ती अध्यादेशहरु अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरे । सभामुखले बोल्ने समय दिए पनि प्रतिपक्षी दलको बिरोध भइरहेकाले रोष्टममा गएर बोल्न पाउनु पर्ने माग सांसद सुवालले दोहोर्याए ।
रोष्टममा जान नपाएपछि उनले अध्यादेश पेश गरेनन् । त्यसपछि सभामुखले अध्यादेश फिर्ता लिन सुवाललाई समय दिए । उनले सवालजवाफ गरे– सभामुख महोदय, मैले अध्यादेश नै प्रस्तुत गरेको छैन, कसरी फिर्ता लिनु ?
सभामुख सापकोटाले सांसद सुवालको कुरा सुनेनन्, बरु सांसद सुवालको प्रस्तावमा हुन्छ र हुन्न भन्ने ध्वनिमततर्फ लागे । र, अस्वीकृत भएको घोषणा गरेका थिए ।
एमाले बिरोका कारण पहिलो पटक १५ मिनेट स्थगित भएर शुरु गरिएको दोस्रो वैठकमा पनि एमालेले नाराबाजी कायमै राखेका थिए । तर एमालेको बिरोधलले सभामुखलाई छेकेन ।
सांसदले रोष्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखे, सभामुख सापकोटाले बैठक चलाइरहे । तीन वटा अध्यादेश पारित भएपछि पुनः १५ मिनेका लागि बैठक स्थगित गरियो ।
याे पनि पढ्नुस् ः
प्रतिस्थापन विधेयकमार्फत् सरकारले आजै नयाँ बजेट ल्याउने

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया