तेरिज प्रस्तावप्रति सरकारी चिकित्सक संघको आपत्ति

काठमाडौं । सरकारी चिकित्सक संघले स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने माग गरेको छ ।
संघले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्यको महत्व बुझेर बाग्मति प्रदेशमा अलग्गै स्वास्थ्य मन्त्रालय प्रस्ताव स्वागतयोग्य भए पनि दरबन्दी तेरिज प्रस्ताव भएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा. रबिन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई गैरस्वास्थ्य समूहको र स्वास्थ्य बिधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद र गैरजिम्मेवार भन्दै खेद प्रकट गरिएको छ ।
अन्य सेवा समूहजस्तै मेडिकल अधिकृतदेखि विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग, महाशाखा, शाखा आदिमा अनिवार्य दरबन्दी राखि स्वास्थ्य नीति निर्माणलाई थप बौद्धिक, सवल, दुरदर्शी र गुणस्तरी होस भन्नेतर्फ तत्काल दरबन्दी तेरिजमा सुधार गर्न संघले ध्यानाकर्षण गराएको छ ।











निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया