तेरिज प्रस्तावप्रति सरकारी चिकित्सक संघको आपत्ति

काठमाडौं । सरकारी चिकित्सक संघले स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने माग गरेको छ ।
संघले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्यको महत्व बुझेर बाग्मति प्रदेशमा अलग्गै स्वास्थ्य मन्त्रालय प्रस्ताव स्वागतयोग्य भए पनि दरबन्दी तेरिज प्रस्ताव भएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा. रबिन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई गैरस्वास्थ्य समूहको र स्वास्थ्य बिधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्यास्पद र गैरजिम्मेवार भन्दै खेद प्रकट गरिएको छ ।
अन्य सेवा समूहजस्तै मेडिकल अधिकृतदेखि विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग, महाशाखा, शाखा आदिमा अनिवार्य दरबन्दी राखि स्वास्थ्य नीति निर्माणलाई थप बौद्धिक, सवल, दुरदर्शी र गुणस्तरी होस भन्नेतर्फ तत्काल दरबन्दी तेरिजमा सुधार गर्न संघले ध्यानाकर्षण गराएको छ ।

















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया