आजका पत्रपत्रिका
संकटमा तेस्रो धार
नेकपा (एकीकृत समाजवादी) तिर नलागि दश बुँदे सहमति मार्फत् नेकपा एमालेमा बसेका तेस्रो धार संकटमा देखिएका छन् । अध्यष केपी शर्मा ओलीले समेत दश बुँदे कार्यान्वयन नहुने अडान लिएपछि तेस्रो धारका नेताहरु दोधारमा परेका हुन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै रहेको बताएका छन् । आफ्नो निजी निवास बालकोट पुगेका नेताहरुसँग २८ फागुनपछि भट्टलाई दिएको जिम्मेवारी नखोसीने ओलीले बताए । दश बुँदे सहमति गरी नेकपा एमालेलाई २ जेठ २०७५ अगाडिको अवस्थामा फर्काउने सहमतिपछि एमालेमै बसेका उपाध्यक्ष भीम रावल समेत बालकोट पुगेका थिए ।
तर ओलीले उपाध्यक्ष रावलले सहजीकरण गर्न र भट्ट नै इन्चार्जको भूमिकामा रहन निर्देशन दिएका थिए । उपाध्यक्ष रावल, भट्ट, कर्ण थापा बालकोट पुग्दा एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि थिए । पोखरेल, पौडेल र नेम्वाङले पनि भट्ट इन्चार्च रहनु उपयुक्त हुने बताए । तर रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू रहेको बताए । २ जेठ २०७५ मा नेकपा माओवादी केन्द्रसँग एकता गरिरहँदा रावल इन्चार्ज थिए ।
पछि पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि रावल इन्चार्ज रहे । नेकपा विभाजन पछि भने भट्ट सुदूरपश्चिम प्रदेशका इन्चार्ज बनेका थिए । तर, २३ फागुनमा नेकपाका एकता भंग भइ एमाले र माओवादी केन्द्र ब्युँतियो । भट्ट एमालेमै बसे । २७ असारमा दश बुँदे सहमति जुटेपछि भने रावल एमालेमै रहका थिए । रावल सहित स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आर्चाय र अमृत बोहोरा एमालेमै बसेका थिए । यी नेता माधव कुमार निकट हुन् । तर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि यी नेताहरु एमालेमै बसे । एमालेमा रहनुको आधार भने दश बुँदे सहमति थियो ।
त्यो दश बुँदे सहमतिले एमाले पार्टीको संरचना २ जेठ २०७५ को अवस्थामा पुग्नेछ भने अध्यक्ष ओलीले गरेका २३ फागुन पछिका निर्णयहरु खारेज हुनेछ । तर ओलीले भने २३ फागुनपछि गरेको निर्णयले निरन्तरता पाउने अडान लिएका छन् । यसअघि भएका एमाले निकट जनसंगठनहरुको कार्यक्रमले पनि शद बुँदे सहमति हुबहू कार्यान्वयन नहुने संकेत दिएको छ ।
क्ेही दिन अगाडि राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा ओली आफै सहभागी भएका थिए । जबकी २ जेठ २०७५ अगाडिको एमाले संरचनामा युवा संघ नेपाल नाम छ । नाम मात्रै नभएर नेतृत्व संरचना पनि २३ फागुन पछि रहेकालाई निरन्तरता दिइएको छ । यदि २ जेठ २०७५ मा फर्कने हो भने युवा संघको अध्यक्ष रमेश पौडेल र महासचिव नरेश शाही हुनेछन् । तर युवा संघको नेतृत्व अहिले किरण पौडेलले गरेका छन् ।
यसबाहेक एमाले निकट कानूनी व्यवसायी र इन्जिनियरहरुको कार्यबmम मार्फत् पनि दश बुँदे कार्यान्वयन नहुने सन्देश दिइएको थियो । अझ केही दिन अगाडि पोखरा पुगेर ओलीले दश बुँदे हुबहू कार्यान्वयन नहुने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।
यो समाचार आजको मध्यान्ह राष्ट्रिय दैनिकमा छ ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया