दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण
मेरोन्यूज
२०७८ भदौ २८ गते १४:४९

काठमाडौं । यो वर्षको बडादशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।
गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यसपालि कोरोनाको संक्रमणमा कमी आएर देशैभर निषेधाज्ञा हटाइएसँगै नयाँ नोट वितरण गर्ने निर्णय भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई नोट दिन थालिसकेको र सर्वसाधारणलाई असोज ४ गतेदेखि सटही गर्ने योजनामा रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
सर्वसाधारणका लागि बैंकले ५, १०, २०, ५० र १ सय रुपैंयाँ अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन् ।
प्रवक्त ढकालकाअनुसार एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।
सम्बन्धित
















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
प्रतिक्रिया