देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् ।
सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप बरिष्ठ नेता पौडेलको आरोप छ ।
“वडा अधिवेशनहरुनाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन,”उनले भने,“नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम भएको छ,”
पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्त्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह गरे ।

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया