बुधबार, फागुन ६, २०८२

सभामुखले बोलाएको सर्वदलीय बैठक (फोटोफिचर)

मेरोन्यूज २०७८ भदौ २८ गते १५:५०

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू सहभागी भएका छन् । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल सहभागी छन् ।

यस्तै, बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी भएका छन् । एमालेले भने यसअघि नै बैठकमा नजाने निर्णय गरेको हो ।

एमालेले सभामुख सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै संसद अवरुद्ध गरेसँगै सर्वदलीय बैठक आह्वान गरेको हो । संसदको ९ औँ अधिवेशनअन्र्तगत बसेको ३ वटा बैठकमा एमालेले अवरुद्ध गर्दै आएको थियो ।

संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

तस्वीर : सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय

प्रतिक्रिया