प्रतिनिधि सभाको बैठक आज पनि
सत्ता र प्रतिपक्ष आ-आफ्नै तयारीमा, आज पनि एमालेले सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद वैठक प्रभावित हुदै आईरहेको छ । भदौं २३ बाट शुरु भएको संसदको जारी अधिवेशन एमालेले अहिलेसम्म सात पटक अवरुद्ध गरिसकेको छ ।
एमालेको अवरोधका वीच सत्ता पक्षले राजनीतिक दल सम्वन्धि अध्यादेश सहित आर्थिक अध्यादेशहरु संसदमा प्रस्तुत गरिसकेको छ । त्यस्तै अघिल्लो सरकारले अध्यादेशमार्फत नै प्रस्तुत गरेको आथिर्क वर्ष २०७८/०७९ को वजेटलाई सरकारले प्रतिस्थापन अध्यादेशमार्फत नयाँ संसोधित वजेट सदनमा प्रस्तुत गरिसकेको छ ।
सदनभित्रको यो खालको परिस्थतीले संसदमा जारी अवरोध कहिले खुल्ने केही संकेत छैन । एमालेले सभामुख अग्नि सापकोटाको भूमिका निश्पक्ष हुन नसकेको भन्दै प्रश्न उठाएर संसद अवरुद्ध गदै आएको हो । माधव नेपाल लगायतले एमाले छोडेर सरकारले ल्याएको राजनीतिक दल सम्वनधी अध्यादेशमा टेकेर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । निर्वाचन आयोगले उनीहरुको दललाई मान्यता दिईसकेको छ ।
अध्यादेश र अध्यादेशको ब्यवस्था अनुसार पनि माधव नेपालको पार्टीले वैधानिकता पाउन नसक्ने भन्दै एमाले सर्वाेच्च अदालत पुगेको छ । नेपाललगायतले नयाँ पार्टी खोल्ने सुरसार गरेपछि कारवाही गदै पदमुक्त गर्न संसद सचिवालयमा एमालेले पत्र पठाएको थियो । तर सभामुखले त्यसलाई अध्ययनकै क्रममा राखेपछि एमालेले सभामुखको भूमिका निश्पक्ष नभएको र पार्टी फुटाउन मतियार बनेको आरोप एमालेले सदनमा लगाईरहेको छ ।
त्यही एजेण्डामा टेकेर उसले अहिले संसद अवरुद्ध गदै आएको छ । सभामुखले संसदको जारी गतिरोध फुकाउन सोमबार एक दिन संसद वैठक रोकेर सवै दलका शीर्ष नेता सम्मिलित सर्वदलीय बैठक समेत आह्रवान गरेका थिए । तर सभामुखले बोलाएको बैठकमा एमालेले वहिष्कार गरिदियो । त्यसले सदनको गतिरोध खोल्ने विषयमा कुनै सहमति निस्केन ।
त्यही वीच आज दिउासो १ वजे बोलाईएको संसद बैठकमा पनि सत्ता र प्रतिपक्ष आ-आफ्नै तयारीमा छन् । सत्तापक्ष विभिन्न विधेयकहरु सदनमा पेश गर्ने तयारीमा जुटेको छ । तर प्रतिपक्ष एमालेले आज पनि सदन चल्न नदिने बताईसकेको छ । एमालेले कि सभामुखले मार्गप्रसस्त गर्नुपर्ने की माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने शर्त तेस्र्याएको छ ।
यसले सदनमा सत्ता प्रतिपक्षको जुहारी जारी छ । अझ त्यसमा सभामुख पनि जोडिएका छन् ।
एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने बताईसकेपनि संसद सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

















पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रतिक्रिया