सरकारले आजदेखि राज्यकोषबाट खर्च गर्न नपाउने

काठमाडौँ । सरकारले राज्यकोषबाट खर्च गर्न नपाउने भएको छ । विनियोजित विधेयक २०७८ पारित नभएपछि सरकारले बुधबार देखि राज्यकोषबाट खर्च गर्न नपाउने भएको छ ।
प्रतिपक्ष नेकपा एमालेले संसद अवरोध कायमै राख्दा विनियोजन विधेयक पारित हुन नसक्दा सरकारले आजदेखि राज्यकोषबाट खर्च गर्न नपाउने भएको हो । २५ भदौमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेस भएको थियो । तर एमालेको संसद बैठक अवरोधले पारित हुन सकेन । मंगलबार एमालका सांसदको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक, ३०७८ स्वीकृत भयो ।
अर्थमन्त्री शर्माले विनियोज विधेयक २०७८ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव प्रतिनिधि सभाको बैठकले स्वीकृत गरेको थियो । तर एमालेको अवरोधले विनियोजन विधेयक पारित हुन सकेन । विधेयक पारित नभएपछि सरकारले बुधबार देखि राज्यकोषबाट खर्च गर्न नपाउने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक आगामी ४ असोजसम्मका लागि स्थगित गरेका छन् । आगामी ४ असोजसम्म वा विनियोजन विधेयक संसदबाट पारित नहुँदासम्म सरकारले राज्यकोषबाट खर्च गर्न पाउने छैन । विनियोजन विधेयक संसदबाट पारित नहुँदा सरकारको खर्च रोकिएको सम्भवतः यो पहिलो घटना हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश ६० दिनभित्र संसदबाट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेशबाट ल्याएको बजेट गत साउन ४ गते संसद् बैठकमा पेस भएको थियो । संवैधानिक व्यवस्था अनुसार बजेट कार्यान्वयन गर्न बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नु पर्ने थियो ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया