तालिबानका शीर्ष नेताबीच विवाद र भनाभन
मेरोन्यूज
२०७८ भदौ ३० गते ८:२७

काठमाडौँ । तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभन भएको छ । तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो ।
गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीले प्रकाशित गरेको छ ।
पछिल्ला केही दिनहरुमा बरादरी सार्वजनिक रुपमा नदेखिएपछि तालिबानको नेतृत्वमा विवाद रहेको हुन सक्ने अपुष्ट खबरहरु आएका थिए ।
उनको मृत्यु भएको दाबी पनि गरिएको थियो । तर आधिकारिक रुपमा तालिबानले विवादको कुरा अस्वीकार गर्दै आएको छ । तालिबानले बरादर जीवित रहेको बताएको छ ।
गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ ।
सम्बन्धित
















पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
प्रतिक्रिया