डाँडागाउँको यातायात पुनः सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३१ गते ८:५२

रसुवा । वर्षाका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।
डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५/३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताए । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ ।
दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताए ।
सम्बन्धित
















गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया