डाँडागाउँको यातायात पुनः सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३१ गते ८:५२

रसुवा । वर्षाका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।
डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५/३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताए । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ ।
दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताए ।
सम्बन्धित
















ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया