सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार चार जनाको नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तीमध्ये २३ जनामा पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा ७ र जिल्ला अस्पताल बैतडीमा २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा ५, कैलालीका २ र डडेल्धुराका एक जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीका ४० वर्षीया महिला रहेकी छन् । यसअघि बुधबार सुदूरपश्चिमका ५२ जनामा संक्रमण पुष्टि हुँदा १९ डिस्चार्ज भएका थिए ।
















चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया