आजका पत्रपत्रिका
सुपथ मूल्य पसल आजदेखि
दुईदेखि १० रुपियाँसम्म छुट, ३२ स्थानमा पसल सञ्चालन

काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले असोज १ गते शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्या व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पेरेसन, दुगद विकास संस्थान (डीडीसी)ले दशैं, तिहार, छठजस्ता चाडपर्वमा खाद्य वस्तुमा दुईदेखि १० रुपियाँसम्म छुटमा बिक्री गर्ने भएको हो ।
सरकारले हरेक वर्ष, दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वमा सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जानकारी दिए । मन्त्रालयका अनुसार नुनमा प्रतिकेजी दुई रुपियाँ, चामलमा प्रतिकेजी पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकेजी १० रुपियाँ छुट दिइनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पेरेसनमार्फत छुटमा समान बिक्री गरिनेछ । सुपथ मूल्य पसलमा दुई कम्पनीले आफ्नो व्यापारिक वस्तु बिक्री गर्ने छन् । यस्तै दुग्ध विकास संस्थानले पनि घिउ, पनिर लगाएतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ । दशैँमा अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।
खाद्य कम्पनीले उपत्यकाका चार स्थान र उपत्याकाबाहिर ३९ गरी ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
यसैबीच दशैँलाई लक्षित गरेर खाद्य कम्पनलिे एक हजार च्याङ्ग्रा र दुई हजार खसीबोका गरी तीन हजार खरिद गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । कम्पनीले चिउरा, दाल, आँटा, गेडागुडीमा प्रतिकेजी रभटमासको तेलमा प्रतिलिटरमा १० रुपियाँ छुट दिनेछ ।
कर्पेरेसनले उपत्यकामा तीन मोबाइल भ्यानसहित नौ स्थान र उपत्यकाबाहिर २३ गरी ३२ स्थानमा सुपथ मूल्य पसल ञ्चालन गर्ने जनाएको छ । कर्पेरेसलने नुनमा प्रतिकेजी दुई रुपियाँ गरेर १८ रुपियाँ र चिनी प्रतिकेजीमा पाँच रुपियाँ छुट गरेर ७९ रुपियाँमा बिक्री गर्नेछ । कर्पेरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले लगभग चिनी दुई सय मेट्रिक टन मात्रै माज्दात भएकाले प्रतिव्यक्ति दुई केजी दिइने जानकारी दिए ।
यो समाचार आजको गोरखापत्रमा छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
प्रतिक्रिया